www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा एकै पटक थपिए १२९ संक्रमित

२१ महिने बालकसहित पोखराका मात्रै ८७ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज एकै पटक १ सय २९ संक्रमित थपिएका छन् ।

प्रदेशका ६ जिल्लाका गरि १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
संक्रमित हुनेमा कास्कीका मात्रै ८७ व्यक्ति रहेका छन् । अन्य जिल्ला बागलुङका ४ जना, म्याग्दीका १०, पर्वतका १६, स्याङ्जाका १ र तनहुँका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

पोखरामा एक २१ महिने बालकमा पनि संक्रमण पुष्टि भएको छ । पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणबाट संक्रमित पहिचान भएका हुन् ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या १० हजार २ सय ४ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ सय १८ जनाले ज्यान गुमाएका छन् । हिजो मात्रै ४ संक्रमितको मृत्यु भएको थियो । पोखराका मात्रै ५४ संक्रमितले ज्यान गुमाइसकेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.