www.tandavnews.com
Fact ~ In search of truth

पोखराका थप दुई संक्रमितको मणिपालमा उपचारको क्रममा मृत्यु

गण्डकीमा मृतक संख्या १२६ पुग्यो

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा थप संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ७८ वर्षीय संक्रमित महिला र पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय संक्रमित पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

दुवै संक्रमितको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १सय २६ पुगेको छ ।

यसैबीच गण्डकीमा आज अहिलेसम्म ४० संक्रमित थपिएका छन् । कास्कीका २८, स्याङ्जाका ५, म्याग्दीका ३ र तनहुँका ४जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ५ सय ३७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.