www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रदेश क्षेत्र नं ३ (क) निर्वाचन क्षेत्र कार्यक्रमका २५ योजना छनोट

पोखरा ।

कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी दुई करोडको बजेटका लागि योजना छनोट गरिएको प्रदेशसभा सदस्य बरालले बताए ।

योजना छनोटका क्रममा पोखरा महानगरपालिका– १, २, ३, १८, १९ र २५ वडाका साथै माछापुच्छ्रे गाउँपालिकाका १ देखि ९ वटै वडामा आवश्यकताका आधारमा सर्वसम्मत रुपमा योजना छनोट गरिएको उनले बताए ।

Batas

योजना छनोटका क्रममा कृषि र पर्यटनका क्षेत्रमा २५ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको छ । चालु आवदेखि लागू समानुपातिक प्रदेशसभा सदस्यका हकमा पनि ३० प्रतिशत बजेट विनियोजन गर्ने विषयमा सांसद पुष्पा केसीसँगको सहकार्यमा योजना छनोट गरिएको बरालले जानकारी दिए ।

छनोट योजनाको निर्माणलाई अघि बढाउन उपभोक्ता समिति गठन गर्नुपर्नेमा उनले जोड दिए । पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले आउँदो पुसभित्र सबै योजना कार्यालयसँग आवश्यक प्रक्रिया मिलाएर सम्झौता गर्नुपर्ने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.