www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : भाडामा पाईन्छ कोरोना संक्रमितका लागि उपयुक्त भेन्टिलेटर

अर्जुन गाहा (सुशान्त),

ताण्डव न्यूज /पोखरा।

‘कोभिड १९’ कोरोना भाईरसको महामारीको प्रभावलाई मध्यनजर गर्दै नेपाल भेन्टिलेटर सर्भिस कास्कीले अस्पतालहरुलाई आवश्यक परेको खण्डमा भेन्टिलेटर उपलब्ध गराउने भएको छ ।

Batas

गण्डकी प्रदेशभर लक्षित गरी तत्काल २० वटा भेन्टिलेटरको व्यवस्था गर्ने उद्देश्य रहेपनि पछिल्लो समय ४ वटा भेन्टिलेटर उपलब्ध रहेको पोखरामा आज (आईतबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिईएको हो ।

भेन्टिलेटर सर्भिसका सदस्य रामकृष्ण ज्ञवालीले अस्पतालको प्रकारका आधारमा भाडादर कायम गरिएको बताए । उनका अनुसार सरकारी अस्पतालले प्रयोग गरे बापत १ वटा भेन्टिलेटरको १ हजार निर्धारण गरिएको छ भने एच.एन.एफ.सी (बढि अक्सिजन दिने) को प्रयोगमा भेन्टिलेटरको अतिरिक्त ३ सय शुल्क लाग्नेछ । त्यस्तै सामुदायिक अस्पतालले लगेको खण्डमा २ हजार ५ सय भाडा शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै निजी अस्पतालले प्रयोग गरे ३ हजार ७ सय शुल्कमा दिईने ज्ञवालीले बताए । उनका अनुसार ४ वटा भेन्टिलेटर मध्ये ३ वटा एच.एन.एफ.सी (बढि अक्सिजन दिने) भेन्टिलेटर उपलब्ध छ । जुन भेन्टिलेटर कोरोना संक्रमितको लागि उपयुक्त मानिन्छ ।

भेन्टिलेटर सर्भिस कास्कीका अध्यक्ष विश्वशंकर पालिखेले गण्डकी प्रदेशलाई ४ वटा भेन्टिलेटर यथेष्ट नभएको बताए । ‘यो कहिलेसम्म हो त्यो थाहा छैन त्यसैले हामी बढिभन्दा बढि कसरी जम्मा गर्ने भनेर लागिराछौ, उनले भने, हाम्रो भगेनी सम्बन्ध रहेको शहरहरु र माग्न सक्नेहरुसँग हामी माग्छौ ।’

भगेनी सम्बन्ध रहेको अन्य मुलुकका शहरहरुले भुकम्पको समयमा समेत सहयोग गरेको स्मरण गर्दै उनले अहिले पनि सहयोग आउने विश्वाश व्यक्त गरे । पालिखेले अस्पतालको आवश्यकता अनुसार भेन्टिलेटर सिमित शुल्कमा प्रदान गरिने बताउदै भने, ‘सरकारको आश गर भर नपर, हामी गण्डकी प्रदेश र महानगरपालिकासँग आशा त गर्छाै तर भर पर्दैनौ ।’

सोही समितिका सदस्य समेत रहेका डाक्टर सरोज पोखरेलले कोरोना संक्रमितका लागि एच.एन.एफ.सी (बढि अक्सिजन दिने) भेन्टिलेटर बढि प्रयोग र उपयुक्त हुने बताए ।

डाक्टर पोखरेलले ईमर्जेन्सी ब्याकअपका लागि भेन्टिलेटर धेरै राख्नुपर्ने बताउदै भने, ‘यदि यो ब्याकअप राखियो भने डाक्टरको कन्फिडेण्ट बढ्न सक्छ, उनले भने, ‘मुखमा पाईप नछिराईकन बाहिरैबाट अक्सिजन दिन मिल्ने हुदा बिरामीलाई सहज पनि हुन्छ र बेहोस पनि पार्न नपर्ने भएकाले यो प्रकारको भेन्टिलेटर अझ उपयुक्त मानिएकोछ ।’ उनले प्रत्येक अस्पतालको आकष्मिक कक्षमा भेन्टिलेटरको व्यवस्था गरिएपनि पछिल्लो समय पर्याप्त नरहेको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.