www.tandavnews.com
Fact ~ In search of truth

उखु किसानले वर्षदिनपछि फेरि थाले आन्दोलन

काठमाडौं ।

उखु किसानले वर्षदिनपछि फेरि आन्दोलन थालेका छन् । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम माग गर्दै उखु किसानले आज (आइतबार)देखि काठमाडौँमा पुनः आन्दोलन थालेका हुन्।

माइतीघर मण्डलामा उखु किसान संघर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको भन्दै किसानले विरोध प्रदर्शन गरेका हुन्।

Batas

सरकारले तोकेको समयसीमा एक वर्ष नाघिसक्दा पनि उखु किसानले अहिलेसम्म पैसा नपाएपछि उनीहरू फेरि आन्दालनका लागि काठमाडौं पुगेका हुन्।

यसअघि उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको थियो ।किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनु पर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनु पर्ने माग गरेका छन् ।श्रीराम, अन्नपूर्ण र ईन्दिरा मिलले सबैभन्दा धेरै पैसा दिन बाँकी रहेको किसानहरूले बताउँदै आएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी श्रीराम चिनी उद्योगले ३२ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै, अन्नपूर्णको १७ करोड, लुम्बिनीको ८ करोड ४१ लाख र इन्दिराको ४ करोड ७० लाख छ।

उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा उखु किसानले काठमाडौं माइतिघरमा आन्दोलन गरेका थिए। केही साताको आन्दोलन पछि मन्त्रालयले माघभित्र पैसा चुक्ता गर्न लगाउँछौं भनेपछि आन्दोलन रोकिएको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.