www.tandavnews.com
Fact ~ In search of truth

असिनाले बालीनाली नष्ट,कृषक मर्कामा

पोखरा।

पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पुर्याएपछि कृषक मर्कामा परेका छन् ।

व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पुर्याएको छ ।असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पुर्याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिए।

Batas
madi
machhapuchre

लगातार ठूलो सङ्ख्यामा परेको असिना तथा हावाहुरीसहितको पानीले लामगादी मौरीपालन केन्द्रका १५ वटा मौरीको घार पूर्णरुपमा क्षतिग्रस्त भएको उनले बताए । वरपरका बोट बिरुवामा फुलेका फूलसमेत असिनाले झारे पछि मौरी चरनका लागिसमेत समस्या परेको उनले बताए। असिनाका कारण कृषकले लगाएका काँक्रो, घिरिम्लो, लौका, गोलभेडा, सिमीलगायतका तरकारीमा क्षति पुगेको छ ।

मालेपाटन कृषि अनुसन्धान केन्द्रमा रहेको लिचीको बगैँचा असिनाले पूर्ण क्षति बनाएको केन्द्रका प्रमुख युवराज भुसालले जानकारी दिए । केन्द्रभित्र बीउबिजन प्रयोजनका लागि लगाइएका लहरे बालीमा समेत क्षति पुगेको उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.