www.tandavnews.com
Fact ~ In search of truth

भोलीबाटै सडक आन्दोलन गर्ने दाहाल-नेपाल समुहको घोषणा

पुस १४ गते देशैभर विरोध प्रदर्शन

काठमाडौँ ।

संसद विघटन विरुद्ध यतिबेला राजनैतिक पार्टीले धमाधम विरोध प्रदर्शका कार्यक्रम घोषणा गरेका छन् । नेकपाको दाहाल–नेपाल समूहले भर्खर आन्दोलन घोषणा गरेको छ ।भोलीबाटै सडक आन्दोलन सुर गर्ने गरि यो समुहले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको पार्टीले स्रोतले बताएको छ ।

Batas

बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको हो ।आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइती घरमण्डलामा उपस्थित हुने कार्यक्रम रहेको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ ।

यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन राख्ने भएको छ । प्रवक्ता श्रेष्ठले नेपाल बन्दसम्म गर्नेसम्म पनि हुने बैठकमा बताएका छन् । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

कार्यक्रमअन्तर्गत ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने निर्णय भएको छ ।

बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.