www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियू प्रचण्ड-नेपाल समूहले संयोजकबाट ऐन महरलाई हटायो (विज्ञप्ति सहित)

काठमाडौँ
ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) प्रचण्ड-नेपाल पक्षले संयोजकबाट ऐन महरलाई हटाएको छ । अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत कारवाही गर्दै संयोजक महरलाई संगठनको जिम्मेवारीबाट हटाइएको जनाइएको छ ।

‘विगतमा पटकपटक सम्झाउंदा पनि रुपान्तरण नभई संगठनको नीति , निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ वमोजिम संगठनको वहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही गरिएको र उक्त कार्वाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष शिफारिश गरिएको ब्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

Batas

विज्ञप्ति

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.