www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्ड–नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै

काठमाडौं ।

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले आज कार्यकर्ता भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाएको प्रचण्ड नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने भएको हो । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।

Batas

यस समुहले १४ गते देशैभर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ। यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.