www.tandavnews.com
Fact ~ In search of truth

निशुल्क जापानीज भाषा कक्षा संचालन गर्दै ‘आकारुई एजुकेसन कन्सल्टेन्सी’

पोखरा,
ताण्डव न्यूज ।

जापानमा उच्च शिक्षा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई लक्षित गरी ‘आकारुई एजुकेसन कन्सल्टेन्सी’ ले निशुल्क जापानीज भाषा कक्षा संचालन गर्ने भएको छ ।

पोखरामा शनिबार आयोजित गोेष्ठी ‘स्टडी ईन जापान’ मार्फत विद्यार्थी भिसामा जापान जान चाहने विद्यार्थीहरुका लागि केही दिनमै निशुल्क जापानीज भाषा कक्षा संचालन गरिने जानकारी दिईएको हो ।

Batas

कन्सल्टेन्सीका प्रबन्धक निर्देशक प्रज्वल पौडेलले जुलाई इन्टेकका लागि भर्ना भैसकेको बताए । ‘हामीले शून्य लागतमा जापान पठाउँछौं । अर्थात कन्सल्टेन्सीले यहाँ निशुल्क भाषा प्रशिक्षण गराएर ५ वर्षका लागि शून्य लागतमा विद्यार्थीलाई जापान पठाउनेछौ, उनले भने, ‘हाम्रोमा प्रशिक्षण लिएपछि यहीबाट अप्लाई गरिनुपर्छ । उहाँहरुलाई निशुल्क पढाउछौ ।’ उनका अनुसार केही दिनमै कक्षा समेत संचालन हुनेछन् ।

पोखराको सिद्धार्थचोकमा संचालनमा रहेको कन्सल्टेन्सीले विगत दुई बर्षदेखी सेवा दिदै आएको पौडेलले बताउदै दक्ष दुईजना शिक्षक रहेको बताए ।

जापानबाट प्रशिक्षकले अन्तरक्रिया गरेको उक्त गोष्ठीमा जापान जानु पूर्व र जापान पुगिसकेपछि अपनाउनुपर्ने आधारभुत कुराहरुको बारेमा जानकारी दिईएको निर्देशक पौडेलले बताए । उनका अनुसार अध्ययनसँगै रोजगारी गर्ने अवसर पाउँने हुनाले पछिल्लो समय नेपाली विद्यार्थीहरुको रोजाई बनेको हो ।

उनले उच्च शिक्षा हाँसिल गर्न चाहेको विश्वविद्यालय र संस्कारको बारेमा पहिल्यै जानकारी लिन पर्ने बताउदै आकारुईले विद्यार्थीहरुलाई सहजीकरण गर्दै आएको बताए । ‘हामी विद्यार्थीका लागि बाटो देखाउने सारथी हौं । हाम्रो कन्सल्टेन्सीको नाम आकारुईको अर्थ उज्यालो भन्ने हो, उनले भने, ‘हामीले विद्यार्थीको भविष्य उज्यालो बनाउने लक्ष्य सहित सेवा प्रदान गर्दै आएको छौ ।’

पौडेलका अनुसार जापानले विदेशी विद्यार्थीका लागि अध्यागमन (इमिगे्रसन) बाट सोधपुछ र दूतावासद्वारा भाषा सम्बन्धी अनिवार्य रुपमा अन्तरवार्ता लिने गर्दछ । ‘त्यसका लागि उच्च शिक्षा अध्ययन गर्न जापान जाने नेपाली विद्यार्थीले नेपालमै १ सय ५० घण्टाको जापानी भाषा सिक्नुपर्ने हुन्छ, पौडेलले भने, ‘जसका लागि कन्सलटेन्सीले विना कुनै शुल्क भाषा प्रशिक्षण गराउँछ ।’

पोखरामा सिद्धार्थचोकमा संचालनमा रहेको कन्सल्टेन्सीको अन्य शाखा कार्यालयहरु चितवनको टाँडी , काठमाडौं बागबजार र कावासोतीमा समेत रहेको छ ।

उक्त कन्सल्टेन्सीले जापान जाने विद्यार्थीहरुलाई जानुपूर्व जापानीज भाषाको तयारी कक्षा, शैक्षिक संस्थाको छनौट, त्यहाँको हावापानी, भिसा प्रक्रिया, कागजपत्रको तयारी र जापान पुगिसकेपछि होस्टेलको व्यवस्था, आशिंक समय काम गर्न पाईने व्यवस्था अर्थात् ‘पार्ट टाईप जव’ सम्बन्धी सूचना, जानकारी र परामर्श प्रदान गर्दै आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.