www.tandavnews.com
Fact ~ In search of truth

आज प्रचण्ड–नेपाल पक्षले देशका ७७ जिल्लामै संसद विघटन विरुद्ध प्रदर्शन गर्दै

पोखरा,
ताण्डव न्युज ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपाल पक्षले आज देशभर प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी तरिकाले गरेको संसद विघटन विरुद्ध सडक आन्दोलन सुरु गरेकोे यस समुहले आज देशका ७७ वटै जिल्लामा प्रर्दशन गर्ने भएको हो । यसैबीच पोखरामा पनि यस पक्षका नेकपा कास्कीले ओलीको कदमविरुद्ध आज पदर्शन गर्दैछन् ।

Batas

प्रदर्शन चिप्लेढुंगा मानव अधिकारचोकबाट शुरु भई महेन्द्रपुल, नयाबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चरम विवाद बढेको छ।दुई पक्ष देखिए पनि औपचारिक रूपमा पार्टी फुटिसकेको भने छैन।

अहिले पार्टीको नाम, चुनाव चिन्ह, आधिकारीकतालगायतमा विवाद छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.