www.tandavnews.com
Fact ~ In search of truth

त्रिवि सेवा आयोगको परीक्षा माघ २५ देखि

काठमाडौं ।

त्रिवि सेवा आयोगमा दरखास्त स्वीकृत भएका उम्मेद्धवारको परीक्षा माघ २५ गतेदेखि हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा विज्ञापन गरेको थियो । सोही विज्ञापन अनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षा माघ २५ गतेदेखि सुरू हुने भएको हो।

Batas

माघ २५ देखि फागुन २३ गतेसम्म पदअनुसार लिखित परीक्षा हुने गरी आयोगले आज सूचना निकालेर तालिका सार्वजनिक गरेको हो।
आयोगले ५० भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको थियो।

आयोगका अनुसार परीक्षा केन्द्र ईञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा हो।परीक्षाका लागि योग्य उम्मेदवारको सूची https://www.tuservicecommission.edu.np/ मा प्रकाशित गरिएको आयोगले जनाएको छ।

एकभन्दा बढी पदमा आवेदन दिएका उम्मेदवारको परीक्षा एकै दिन परेमा पुस मसान्तभित्र आयोगको कार्यालयमा लिखित निवेदन दिन सकिने आयोगको भनाइ छ।

प्रवेश पत्र माघ १५ गतेदेखि आयोगको वेवसाइटबाट प्रिन्ट गर्न सकिनेछ। परीक्षा दिन जाँदा अनिवार्य सक्कल नागरिकता ल्याउनुपर्ने आयोगले बताएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.