www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज ८२ निको हुदाँ थपिए ५९ संक्रमित,एकको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ८२ संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म् प्रदेशमा १३ हजार ३ सय ८३ संक्रमित निको भएर फर्केको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा ३०२ जनाको परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ हजार ५ सय ८८ पुगेको छ ।

Batas

यस्तै आज गण्डकीमा एक संक्रमितले ज्यान गुमाए । पोखरा वडा नम्बर १३ की एक संक्रमित महिलाको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म १ लाख २० हजार ७ सय ३६ जनाको परीक्षण भएको छ । जसमध्ये १ लाख ६ हजार १ सय ४८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

हाल प्रदेशमा १ हजार १३ जना सक्रिय संक्रमित रहेका छन् । भने ८ स य ६८ जना होमआइसोलेसनमा रहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.