www.tandavnews.com
Fact ~ In search of truth

१४१ थान लागूऔषधसहित तनहुँको एक खाजाघरबाट दुई युवक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेश अन्तर्गतको जिल्ला तनहुँमा लागू औषध सहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लमजुङ बेशिसहर नगरपालिका–२ शान्तिटोलका २७ वर्षीय गोबिन गुरुङ र सोही जिल्ला वडा ७ पुरानो बैंकचोकका १९ वर्षी विशाल घले रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनीहरु तनहुँ बन्दिपुर गाउँपालिका १ डुम्रे बजार स्थित एक खाजाघरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार उनीहरुको साथबाट डाईजोपाम ४७ सेट, नुर्फिन ४७ सेट र फेनरागन ४७ सेट गरी जम्मा १४१ सेट लागूऔषध बरामद भएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.