www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसले अरु पार्टीबाट प्रवेश गर्नेलाई प्रमुख पद नदिने

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाली काँग्रेसले अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई संगठनमा प्रमुख पद नदिने निर्णय गरेको छ। काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी सर्वसम्मत रूपमा यो निर्णय गरेको हो।काँग्रेसमा मुख्यगरी विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम, सुनिल थापा नेतृत्वमा राप्रपाकालगायत नेता कार्यकर्ता प्रवेश गरेका थिए।

गच्छदारलाई उपसभापति बनाएको काँग्रेसले थापालाई सहमहामन्त्री बनाइसकेको छ। अन्य पार्टी छाडेर आएकालाई काँग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा एक समिति बनेको थियो। उक्त समितिको सिफारिसअनुसार केन्द्रीय समितिले समायोजनका मापदण्ड पनि तयार गरेको छ ।

Batas

काँग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई क्रियाशील सदस्यता दिन सकिने पनि बताएको छ।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ मसान्तभित्र क्रियाशील वितरण र नवीकरणका काम गरिसक्न जिल्ला कार्यसमितिहरूलाई केन्द्रीय कार्यसमितिले निर्देशनसमेत दिइसकेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.