www.tandavnews.com
Fact ~ In search of truth

सुर्य चिन्ह हाम्रो हो, नभए कसैको हुन दिन्नौँ : नेता बस्नेत

म्याग्दी, 
ताण्डव न्यूज ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेको अवस्थामा समेत ओली सरकार नढल्ने दावी गरेका छन् ।

उनले काँग्रेससँग सहकार्य गरी सरकार बनाइने तर दाहाल–नेपाल समूहसँग एकता गर्न अब सहज नभएको बताए । नेता बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना नहुने र सूर्य चिह्न आफूहरूले पाउने दाबी समेत गरेका छन् ।

Batas

राष्ट्रिय युवा संघ नेपालले बेनीमा आज (बुधबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डलाई नैतिक आधार नभएको बताए । ‘सूर्य हाम्रो हो, नभए कसैको पनि हुँदैन ।’ उनले भने ,‘अब हुने संसदीय निर्वाचनपछिको परिणाम पछिमात्र पार्टीहरुको हैसियत थाहा हुने बताउँदै बस्नेतले एकीकरणमा जाने वा नजाने भन्ने टुंगो पनि चुनावपछि नै लाग्ने बताए ।

आफ्नै दलका प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव दर्ता गरी हटाउने खेल रचेका दाहाल–नेपाल समूहको स्वार्थी चरित्रका कारण पार्टी विभाजनको मोडमा आएको उनको कथन छ ।

प्रधानमन्त्री ओलीको ताजा जनादेशमा जाने इच्छालाई सर्वोच्च अदालतले सदर गर्ने उनको विश्वास छ । पार्टी विभाजन गराएका नेता पुष्पकमल दाहालले अहिले तटस्थ देखिएका वामदेव गौतममार्फत पार्टी एकता गरी सत्ताका लागि बार्गेनिङ गरिरहेको आरोप समेत बस्नेतले लगाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.