www.tandavnews.com
Fact ~ In search of truth

उपप्रधानमन्त्री पोखरेल भन्छन, : जहाँ ओली, त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सूर्य चिन्ह

सिन्धुली,
ताण्डव न्यूज ।

ओली सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी बैशाखमा चुनाव भएरै छाड्ने दावी गरेका छन् ।

धनुषाको कार्यक्रममा सहभागी भई रामेछापको कार्यक्रममा सहभागी हुन जानेक्रममा बुधवार सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी शर्मा ओली समुहका नेता कार्यकर्तासँगको भेटमा प्रधानमन्त्रीले घोषणा गरेकै मितिका मध्यावधि चुनाव हुने दावी गरेका हुन् ।

Batas

प्रधानमन्त्रीले निर्वाचनको घोषण गरेसँगै निर्वाचन आयोग, चार ओटै सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको पनि उनले बताए । बैशाख १७ र २७ गते निर्वाचनको मिति पनि घोषणा भएको र घोषणा लगत्तै प्रधानमन्त्रीले चार ओटै सुरक्षा निकायसँग र निर्वाचन आयोगसँम छलफल गरिसकेको उनले बताए ।

सरकार पुर्णरुपमा चुनावको तयारीमा लागेको भन्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनमा जे जे परिणाम आउछ त्यो स्वीकार गर्दै अघि बढ्नु पर्ने बताए । कार्यक्रममा सहभागीहरुले पार्टीको चुनाव चिह्न के हुन्छ ? भन्दै गरेको प्रश्नमा जवाफ दिदै उनले भने ‘जहाँ केपी ओली त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सुर्य चिन्ह ।’

संसद विघटनका सम्बन्धमा सर्बोच्च अदालतलाई प्रधानमन्त्रीले जवाफ दिईसकेको भन्दै उनले संसद विघटन गरेर चुनावमा जाने प्रधानमन्त्री ओलीको कदम सर्बोच्चले सदर गर्ने विश्वास व्यक्त गरे । उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा अझै विभाजन नभई नसकेकाले आधारिकताको प्रश्न विभाजनको घोषणा पछि मात्रै उठ्ने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.