www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय भेलालाई सम्वोधनका लागि आज धनगढी जाँदै छन् ।

पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेको उनको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपाका अध्यक्ष ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा जान लागेका हुन् ।

Batas

धनगढीमा हुने सभामा ५० हजार नागरिक उतार्ने तयारी नेकपा सुदूरपश्चिम (ओली समूह) को छ । सभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सभाको तयारीका लागि धनगढी पुगिसकेका छन् ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.