www.tandavnews.com
Fact ~ In search of truth

बदलियो एटिएम प्रयोगबारे राष्ट्रबैँकको नियम

काठमाडौं,
ताण्डव न्यूज ।

आगामी माघ १ गतेदेखि एक बैँकमा खाता खोलेर अर्को बैँकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ ।

यसअघि राष्ट्र बैँकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैँकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैँकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैँकहरूलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैँकले भनेको हो ।

Batas

तर शुल्कका लागि नयाँ शर्त राष्ट्र बैँकले तोकेको छ । राष्ट्र बैँकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार बैँकहरूले महिनाको २ पटकसम्म एक बैँकको एटिएम कार्ड अर्को बैँकमा प्रयोग गर्दा शुल्क लिन पाउने छैनन् । त्यसबाहेक भने प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.