www.tandavnews.com
Fact ~ In search of truth

भोलि शनिबार पनि बैँकहरु खुल्ने, यस्तो छ कारण

काठमाडौँ
ताण्डव न्यूज ।

भोलि शनिबार पनि बैंकका शाखा, काउन्टर तथा क्लियरिङ हाउस लिमिटेड खुल्ने भएका छन ।

नेपाल राष्ट्र बैंकको राजस्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु खुल्ने जानकारी गराएको हो ।

Batas

केन्द्रिय बैंकले राजस्व संकलन गर्ने बैंकका शाखा र काउन्टरहरु एवम् क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने निर्णय गरेको हो ।

उक्त दिन पूर्णकालिन रुपमा कारोबार सञ्चालन गरी राजस्व बुझ्ने व्यवस्था गर्न समेत राष्ट्र बैंकले सूचित गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.