www.tandavnews.com
Fact ~ In search of truth

इन्डोनेसियाको जाकार्ताबाट उडेको विमान समुद्रमा खसेको आंशका

काठमाडौं,
ताण्डव न्यूज ।

इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको जहाज समुद्रमा खसेको आशंका गरिएको छ ।

श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कबिहीन भएको थियो । विमानमा चालक दल र यात्रुहित ६२ जना सवार थिए ।

Batas

बीबीसीले लेखे अनुसार फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको र प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले आकाशबाट बिजुली खसेको जस्तो ठूलो आवाज सुनेका थिए ।

त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । समुन्द्रको एक स्थानमा अवशेषहरु भेटिएको स्वीकार गर्दै एक अधिकारीहरुले समुन्द्रको गहिराई २० देखि २३ मिटर रहेको र आज रातिसम्ममा दुर्घटना स्थल पत्ता लगाउने प्रयास गरिने बताएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.