www.tandavnews.com
Fact ~ In search of truth

जन्मदिनमा बृद्धाश्रमलाई दिब्याको सहयोग

पोखरा ।

आफ्नो जन्मदिनमा जो कोही पनि खुशी हुन्छन् । त्यही भएर होला उनीहरु जन्म दिनमा पार्टी आयोजना गरेर केक काट्दै आफन्त र साथीहरुसँग खुशी व्यक्त गर्छन् । अझ भनौ पछिल्लो समय हाम्रो समाजमा युवाहरु जन्म दिनको दिनमा मजाले खर्च गरेको पाइन्छ । तर यही समाजमा केही युवायुवतीहरु आफ्नो जन्मदिन अरुलाई सहयोग गरेर मनाउने गर्दछन् । त्यही सोच मध्येकी एक हुन् पोखरा–१७ कि दिब्या भट्टराई । उनले जन्मदिनसँगै माघे संक्रन्तिको अवसरमा सहयोग गरेकी हुन् ।

भट्टराईले आफ्नो जन्म दिनमा परिवारसहित पोखरा–१४ बाच्छीबुडुवामा रहेको वात्स्यायन बुद्धाश्रम पुगि बुधबार सहयोग गरेकी हुन् । भट्टराईसँगै उनका बुवा जीवन कुमार भट्टराई, आमा दिलमाया भट्टराई, भाई रोशन भट्टराई र भदिनि परिदी  भट्टराईसहित गएर बुद्धाश्रममा खाद्यन्न सामाग्री सहयोग गरेका हुन् । उनीहरुले आलु, भुजा, चियापत्ती, नुन, सावुन, दाल, चिउरा, केराउ, आवश्यक पर्ने तरकारी लगायतका समान दिएका हुन् ।

Batas

जन्म दिनको अवसरमा यसरी सहयोग गर्न पाउदा शुखी भएको दिब्या बताउछिन् । ‘मलाई केक काटेर पार्टी दिन भन्दा यसरी नै सहयोग गरेको मन पर्छ,’ उनले भनिन्, ‘विगतमा पनि मैले यसरी समाजिक कार्य गर्दै आएकी छु । आगामी दिनमा पनि मैले जति सक्छु यसरीनै सहयोग गर्ने छु ।’

साथै उनले मंगलबार तालबाराही मन्दिरमा चामल लगायतका सामाग्री र चिप्लेढुङ्गामा रहेका विपन्न ब्यक्तिहरुलाई चामल र रकम सहयोग गरेकि थिइन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.