www.tandavnews.com
Fact ~ In search of truth

मार्च महिनामा अमेरिकामा कोरोनाको नयाँ भेरिएन्टको दर बढ्ने वैज्ञानिकको चेतावनी

काठमाडौं,
ताण्डव न्यूज ।

अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात् नयाँ प्रकारको कोरोना भाइरस मार्च महिनासम्म तीव्र गतिमा वृद्धि हुने अमेरिकी स्वास्थ्य वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले आउने मार्च महिनासम्म बेलायतमा फेला परेको कोरोना भाइरसको नयाँ भेरिएन्टले अमेरिकाको एक समूहलाई ठूलो संख्यामा संक्रमित बनाउन सक्ने चेतावनी दिएका छन् । अमेरिकाको केन्द्रीय रोग रोकथाम केन्द्र (सीडीसी) का वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् ।

Batas

सीडीसीका अनुसार आउने केही हप्तामा भाइरसको नयाँ भेरिएन्टले तीव्र गतिमा मानिसलाई सङ्क्रमित बनाउन सक्ने भएकाले समयमै सावधान र सतर्क रहन पनि आग्रह गरेको छ ।

सीडीसीले चिसो मौसममा कोरोना संक्रमणको दर वृद्धि हुँदै गएको भन्दै यस अवस्थामा नयाँ कोरोनाको भेरिएन्टमा वृद्धि हुँदा त्यसले मुलुकको स्वास्थ्य प्रणालीमाथि समस्या हुन सक्ने पनि बताएको छ ।

अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोनाका कारण ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ४२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.