www.tandavnews.com
Fact ~ In search of truth

सहकारी संघ कास्कीमा महिलाको नेतृत्व, ‘संयुक्त सहकारी प्यानल’ नै विजयी

पोखरा ।

सहकारीको छाता संंगठन जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएकी छन् । अध्यक्षका लागि कोइरालासहित बलराम गौतम र धर्मराज अर्याल चुनावी मैदानमा थिए । शनिबार सम्पन्न निर्वाचनमा उम्मेदवारहरु प्यानल बनाएर लागेका थिए । विजयी सबै उम्मेदवार ‘संयुक्त सहकारी प्यानल’का हुन् ।

संयुक्त प्यानलबाट उम्मेदवार बनेकी कोइरालाले १९८ मत प्राप्त गर्दा गौतमले ७८ मत प्राप्त गरे । अर्का उम्मेदवार धर्मराज अर्यालले ३६ मत प्राप्त गरे ।

Batas

वरिष्ठ उपाध्यक्षमा छविलाल लामेछानेको २२२ मत प्राप्त गरी विजयी हुँदा उमराज बास्तोलाको ८१ मत प्राप्त गरे । महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले ११२ मत प्राप्त गरिन् । महासचिवमा दीपकराज बास्तोलाले २२७ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी ठाकुर पोखरेलले ७९ मत प्राप्त गरे । कोषाध्यक्षमा नवराज बरालले २०० मत प्राप्त गरी विजयी हुँदा लक्ष्मण कोइरालाको १०३ मत प्राप्त गरे ।

विषयगत संघको तर्फबाट आनन्द सुवेदी निर्विरोध निर्वाचित भए । महिला सदस्यमा कौशिला गुरुङ (२०६), चन्द्रकुमारी पराजुली, (२१७), मैनादेवी रावत (१९१), बिना लोहनी (२४८) विजयी भएका छन् ।

खुल्ला सदस्यमा खेमबहादुर गुरुङ (१८६), धनराज पुरी (१६०), लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ (१८७), लेखा समिति सदस्यमा रमण पौडेल (२०२), बिमला कुमारी थापा बस्नेत (१८०) मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन सम्पन्न गर्न राष्ट्रिय सहकारी महासंघका पुर्व संचालक डिल्लीराम तिवारी र केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका लेखा सुपरिवेक्षण संयोजक युवराज पराजुलीको महत्वपुर्ण भूमिका रह्यो ।

गण्डकी प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी विकास महाशाखाका अधिकृत सागर खनालको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा राष्ट्रिय सहकारी बैंकका पोखरा शाखाका शाखा प्रबन्धक नरेश पाण्डे र नेफ्सकुनका वरिष्ठ अधिकृत भरत न्यौपाने रहेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.