www.tandavnews.com
Fact ~ In search of truth

नवनिर्वाचित राष्ट्रपति बाइडेनले मात्र ३५ शब्दको शपथ ग्रहण गर्दै, सुरक्षाका लागि २० हजार सेना तैनाथ

एजेन्सी,
ताण्डव न्यूज ।

अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज जो बाइडेनले शपथ ग्रहण गर्न लागेका छन् ।

७८ वर्षका बाइडेनले स्थानीय समयअनुसार आज दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोहमा शपथ ग्रहण गर्नेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नवनिर्वाचित राष्ट्रपति बाइडेनले मात्र ३५ शब्दको शपथ ग्रहण गर्नेछन् । यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य नहुने बताइएको छ ।

Batas

यसपटकको समारोहमा एक हजारदेखि १२ सय जनासम्म मानिसहरु मात्रै सहभागी हुनेछन् । यसपटकको अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा अन्य वर्षको भन्दा कडा सुरक्षा निगरानीमा हुन लागेको छ । बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारे पनि सहज रूपमा स्वीकार गर्न नसक्दा उहाँका समर्थकहरुले विरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी यसपटक विशेष सुरक्षा तयारी गरिएको छ ।

यसअघि अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकहरुले आक्रमण गर्दा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो । सोहि घटनालाई ध्यानमा राखी शपथ समारोहका लागि अमेरिकी संसद् भवनको सुरक्षाका लागि २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.