www.tandavnews.com
Fact ~ In search of truth

कम्युनिष्ट सरकारले ‘माल पाएर चाल पाएन’: प्रदेश सांसद थापा

अर्जुन गाहा (सुशान्त),

पोखरा/ ताण्डव न्यूज ।

गण्डकी प्रदेश सभा (प्रदेश सांसद) सदस्य विन्दु कुमार थापाले वर्तमान कम्युनिष्ट सरकारले माल पाएर चाल नपाएको भन्दै टिप्पणी गरेका छन् ।

Batas

कम्युनिष्ट सरकारको सर्वसत्तावाद र अधिनायकवादी शैलीको विरुद्धमा नेपाली कांग्रेस ईकाई समिति वडा ४ कास्कीले पोखरामा आज (बिहिबार) आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो टिप्पणी गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारसँग दुई तिहाईको अधिकार रहदाँ समेत असंवैधानिक र अलोकतान्त्रिक कार्य गरेको कम्युनिष्ट सरकारले माल पाएर पनि चाल नपाएको बताए ।

सांसद थापाले अबको विकल्प नेपाल कम्युनिष्ट पार्टी नभै नेपाली कांग्रेस रहेको दावी गरे । ‘नेपाल कम्युनिष्ट पार्टीले माल पाएर चाल नपाएको भने जस्तै बाँदरको हातमा नरिवल भने जस्तै गर्याे, उनले भने, ‘यत्रो दुईतिहाईको ऐतिहासिक उपलब्धिलाई केपी ओलीको सरकारले लत्याएको छ अपहेलना गरेको छ । यसको विरुद्ध र अबको विकल्प भनेको नेपाली कांग्रेस हो । त्यसकारण नेपाली कांग्रेस जनता माझ सुध्रिएर जानुपर्ने आजको आवश्यकता छ ।’

उनले विगतमा संसद विघटन भएको घटनाले सरकारलाई स्थायित्व दिन नसकेको सन्देशलाई स्मरण गर्दै भने, ‘संविधानमै उल्लेख नभएको गिरिजा प्रसाद कोईराला, मनमोहन र शेरबहादुर देउवाको पालामा संसद विघटन गरेर अस्थिर सरकार सिर्जना भैसकेपछि २०७२ सालको संविधानमा प्रधानमन्त्रीलाई यस्तो खालको संसद विघटन गर्ने विशेष अधिकार दिनुहुदैन भनेर संविधानमै उल्लेख नगरेको कार्यलाई केपी ओलीको सरकारले संसद विघटन गरेर संवैधानिक कु गरेको छ ।’

उनले प्रधानमन्त्री ओलीले राष्ट्रवादको खोक्रो नाराले जनता दिक्क भैसकेको बताए । ‘ओलीको राष्ट्रवादको खोक्रो नाराले जनता दिक्क भैसकेको अवस्था छ । जनतालाई झुक्काएको अवस्था छ, उनले भने, ‘दुई तिहाईको ऐतिहासिक उपलब्धिलाई नेकपाको सरकारले अपहेलना गरेको छ र लत्याउदै संविधान विरुद्धको कार्य गरेको छ । नेपाली जनताले ५ वर्षको स्थायी सरकारको लागि मत अर्थहीन भएको छ ।’

सांसद थापाले राष्ट्रपति पदको मर्यादामा विद्यादेवी नरहेको बताउदै उनले ओलीको छायामा रहेर हस्ताक्षर गरेको आरोप लगाए । ‘नेपालको राष्ट्रपति छन् ।

जुन केपी ओलीको टिमको मात्रै रबरस्ट्याम्प, उनकै टिमको मात्रै राष्ट्रपति जस्तो गरेर राष्ट्रको संरक्षक जस्तो व्यक्तिले मन्त्रीपरिषदले निर्णय गर्नेबित्तिकै निर्णयको मसी सुक्न नपाउदै राष्ट्रपतिले कलमको बिर्काे खोलेर स्वीकृति प्रदान गरिहाल्ने ?जबकी कानूनका विज्ञहरुसँग सल्लाह गरेर निर्णय गर्नुपर्नेमा यस्तो ठुलो दुर्घटना राष्ट्रपतिबाट पनि यस्तो भएको हुदा नेपाली जनताहरु सबै सडकमा उत्रनु परेको अवस्था छ ।’ उनले भने ।

उक्त विरोध कार्यक्रममा पोखरा महानगरपालिका वडा ४ का अध्यक्ष शंकर बास्तोला, विद्यार्थी नेता देवकृष्ण पराजुली लगायतले ओली नेतृत्वको कम्युनिष्ट सरकारले असंवैधानिक र अलोकतान्त्रिक निर्णयको विरुद्धमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रतिनिधि सभा (संसद ) विघटनको विरुद्धमा नेपाली कांग्रेसले आज देशभर एकसाथ विरोध प्रर्दशन गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.