www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख नाघ्यो

एजेन्सी,
ताण्डव न्यूज ।

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ ।

र्वल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १५ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख १४ हजार ६ सय २० पुगेको छ ।

Batas

यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ४६ हजार ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ करोड ८७ लाख १२ हजार ७ सय ९१ पुगेको छ ।

यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको संख्या ७ करोड ८९ लाख ५ हजार ८ सय ८३ पुगेको छ । हाल विश्वभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार २ सय ८२ रहेको छ ।

पछिल्लो समय देखिएको कोरोनाको नयाँ प्रकारका कारण युरोपिय मुलुकहरु बढी प्रभावित बनेका छन् । जसमा रूस, बेलायत, फ्रान्स, स्पेन, इटली, टर्की, जर्मनी लगायतका रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.