www.tandavnews.com
Fact ~ In search of truth

माघ १२ र १३ गते ‘सिनेमा संवाद–घान्द्रुक’ कार्यक्रम

पोखरा ।

चलचित्र पत्रकार संघ कास्कीले ‘सिनेमा संवाद–घान्द्रुक’ कार्यक्रम गर्ने भएको छ । यहि माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा कार्यक्रम गर्न लागेको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी दिए । कार्यक्रमको तयारी पुरा भएको गिरीले जनाएका छन् ।

चलचित्र र पर्यटन क्षेत्रमा आशा गरिएअनुसार प्रगती हुन नसकेकाले यी दुवै क्षेत्रलाई पुरानै लयमा फर्काउन कार्यक्रमको आयोजना गरिएको गिरीले बताए

Batas

लकडाउनपछि माघ १ गतेबाट खुलेको घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि संक्रिय बनाउने यसको उद्येश्य रहेको आयोजक संघले जनाएको छ । कार्यक्रममा ‘सिनेमा टुरिजमःसम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमा बहस गरिनेछ । कार्यक्रममा चलचित्र, साहित्य र पर्यटन सम्बद्ध व्यक्तिहरुसँग अन्तरक्रिया हुनेछ ।

कार्यक्रममा कलाकार तथा क्याप्टेन विजय लामा, कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक सुदर्शन थापा, साहित्यकार गनेस पौडेल, साहित्यकार, भूषिता वशिष्ठ र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आफ्ना विचार राख्नेछन् । सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, निर्देशक तथा कलाकार दिनेश डिसी र पत्रकार वाशु मिश्र रहने जानकारी गराइएको छ ।

‘सिनेमा टुरिजम ःसम्बन्ध र सम्भावना’ विषयमा वक्ताहरु चलचित्र कलाकार तथा क्याप्टेन विजय लामा, निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बहस गर्नेछन् ।

यो सेसनमा सहजकर्ताको भूमिकामा पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका वाशु मिश्र रहनेछन् ।

यस्तै, ‘सिनेमा साहित्य स् सम्बन्ध र साझेदारी’ विषयमा वक्ताहरु कलाकार दीपकराज गिरी, साहित्यकार गनेस पौडेल र साहित्यकार तथा कवि भूषिता वशिष्ठ रहने छन । जसमा सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, कलाकार तथा निर्देशक दिनेश डिसी रहनेछन् ।

माघ १२ गते पोखराबाट घान्द्रुकसम्मको यात्रा गरिने र बहस कार्यक्रम माघ १३ गते मंगलबार मात्र हुनेछ । कार्यक्रम पर्यटन व्यवस्थापन समिति घान्द्रुकको समन्वयमा हुनेछ । कार्यक्रमलाई सफल पार्न प्रोमोटेडको रुपमा गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्डले साथ दिने भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.