www.tandavnews.com
Fact ~ In search of truth

चुनावकेन्द्रित एजेण्डामा बहस गर्न देउवालाई ओलीको चुनौती

काठमाडौँ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

उनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि चुनावकेन्द्रित बहसमा आउन सामजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका हुन् । ओलीले यसका लागि आफू तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धेरैले एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै ओलीले देउवालाई तयार हो/होइन भनी पश्न समेत गरेका छन्।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.