www.tandavnews.com
Fact ~ In search of truth

पोखरा: पहिलोपटक किसानलाई परिचय पत्र, २ सय ८८ कृषकलाई वितरण

अर्जुन गाहा (सुशान्त),

ताण्डव न्यूज/ पोखरा ।

पोखरा महानगरपालिकाले नेपालमै पहिलोपटक कृषकहरुलाई व्यवसायिक कृषक परिचयपत्र वितरण गरेको छ । पोखरा महानगरको पशुसेवा विभागले आज (शुक्रबार) पोखरामा कार्यक्रमको आयोजना गर्दै पशुपन्क्षी पालक २ सय ८८ कृषकहरुलाई परिचय पत्र वितरण गरेको हो ।

Batas

कृषकहरुलाई तेज बहादुर भट्टराई, महानगर प्रमुख मान बहादुर जिसी तथा गण्डकी प्रदेशका भुमि व्यवस्था तथा कृषि विकास मन्त्री लेखबहादुर थापाले परिचय पत्र वितरण गरे । सो अवसरमा बोल्दै मन्त्रीले गण्डकी प्रदेश सरकारले पनि किसानहरुलाई परिचय पत्र वितरण गर्नमा सहयोग गरेको उल्लेख गरे ।

उनले प्रदेश सरकारले किसानबाट उत्पादन भएका कृषिजन्य सामाग्रीको बजार व्यवस्थापनमा सहयोग गर्ने धारणा राखे । प्रदेश सरकारले अझैपनि कृषकहरुलाई विमा गराउन अनुरोध गरिरहेको भएतापनि कृषकहरुले पशुबिमा गर्न ढिलो गरिरहेको बताउदै पशु बिमा गरि सरकारले प्रदान गरेको सुविधा लाभ गर्न आग्रह गरे ।

त्यस्तै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरा महानगरले नेपालमै पहिलोपटक कृषकहरुलाई परिचय पत्र वितरण गर्न सफल भएको धारणा राखे । उनले परिचय पत्रमात्र नभई अब किसानले उत्पादन गरेका वस्तुहरुलाई महानगरभित्रै विक्री वितरण गर्ने र महानगरलेनै किसानको उत्पादनको मुल्य निर्धारण गर्ने समेत उल्लेख गरेका थिए ।

त्यस्तै राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज गण्डकी प्रदेशका संयोजक दिपक तिमिल्सिनाले किसानहरुले लामो समयपछि आफ्नो परिचय प्राप्त गरेको भन्दै पोखरा महानगरपालिकालाई आभार व्यक्त गरे । उनले आफुहरुसँग परिचय पत्र नहुदा लकडाउनको समयमा निकै शास्ती खेप्नुपरेको समेत स्मरण गर्दै अब त्यस्ता समस्याहरु किसानले झेल्नु नपर्ने बताएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.