www.tandavnews.com
Fact ~ In search of truth

विघटनविरुद्धको रिट : सरकारको पक्षबाट क–कसले गर्दैछन बहस ?

काठमाडौँ,
ताण्डव न्यूज ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन १३ वटा रिट निवेदनमा आजदेखि सरकार पक्षले बहस सुरु गर्दैछन् । आजदेखि विपक्षीका तर्फबाट बहस प्रारम्भ हुनेछ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस प्रारम्भ गर्नेछन् ।

सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता खरेलसहित ११ जनाले बहस गर्नेछन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेश नेपाल, नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेललगायतले बहस गर्नेछन् ।

Batas

यस्तै सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ता श्रीकृष्ण सुवेदी, श्यामप्रसाद खरेलले बहस गर्नेछन् । यसअघि माघ ४ गतेबाट सुरु भएको बहसमा निवेदकका तर्फबाट ६३ जनाले बहस गरेको सर्वोच्चले जनाएको छ । सबै निवेदनको पक्षमा बहसका लागि तीन सयभन्दा बढीको वकालतनामा थिए ।

त्यसका लागि १३ कार्यदिनमा निवेदकको तर्फबाट बहस सकिएको हो । आईतबार बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीलाई कतिले बहस गर्नुहुन्छ भनेर सोधेका थिए ।

जवाफमा नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले ११ जनाले बहस गर्ने जानकारी दिएका थिए । प्रधानन्यायाधीशले प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधित्व गरेका पन्तलाई पनि सोही प्रश्न गरेका थिए । उनले बहसबारे परामर्श हुने जानकारी दिएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.