www.tandavnews.com
Fact ~ In search of truth

आज ७७ वटै जिल्लामा काँग्रेसको प्रर्दशन

पोखरा,
ताण्डव न्यूज ।

नेपाली काँग्रेसको १३ भातृ संस्थाले प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा आज प्रदर्शन गर्ने भएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन सबैलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय निर्णय अनुसार आज १३ भातृ संगठनले संयुक्त विरोध प्रर्दशन गर्ने हुँदा सहभागिताका लागि आग्रह गरिएको छ । प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन्।

Batas

भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ । यता कास्कीमा पनि प्रर्दशनमा सहभागि हुन कास्की काँग्रेसका सभापती कृष्ण केसीले आग्रह गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.