www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा मनसुन भित्रियो, गण्डकी प्रदेशमा औसतभन्दा बढी वर्षा हुने आँकलन

पोखरा ।

यो वर्षको मनसुन सुरु भएको छ ।

देशको पूर्वी भेगदेखि मध्यभेगसम्म मनसुनी हावाको प्रभाव देखिएको छ । पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि भोलिसम्ममा यसको औपचारिक घोषणा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Batas

गत वर्ष ८ जुनमा मनसुन सुरु भएकोमा यस वर्ष भने ११ दिन ढिला मनसुन सुरु भएको हो । मौसम विभागको अनुसार अहिले देशका धेरै भागको मौसम बदली भएको छ भने पूर्वी भेगमा पानी परिरहेको जनाइएको छ ।

यो वर्ष प्रदेश १, २, ३ र ५ मा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ भने गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा औसतभन्दा बढी पानी पर्ने आँकलन गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.