www.tandavnews.com
Fact ~ In search of truth

खाना नबनाएको विषयमा झैझगडापछि श्रीमतीलाई बन्चरोले हानेर मारे ‘गम बहादुर पुन’ले

पोखरा
ताण्डव न्यूज ।

खाना नबनाएको विषयमा झैझगडा हुँदा श्रीमान् ले श्रीमतीको हत्या गरेका छन् । पर्वत जलजला ७ धाइरिङ घर भई हाल पोखरा ३३ उपल्लो पुँडी बस्दै आएका गम बहादुर पुनले श्रमती हरिमाया पुनको टाउकोमा बन्चरो प्रहारगरि हत्या गरेका हुन् ।

आज बिहान ७ः४५ बजे वर्ष ४२ की हरिमाया सुत्ने कोठाको खाटमा मृत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डाँडाको नाकबाट प्रहरी टोलि घटनास्थल पुगेको थियो । श्रीमान गम बहादुरमाथी नै शंका भएपछि प्रहरीले आज लामगादीबाट बाट नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

Batas

अनुसन्धानका क्रममा खाना नबनाएको विषयमा भएको झैझगडापछि बन्चरो प्रहरी गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए । हत्यारालाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरि अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको हमालले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.