www.tandavnews.com
Fact ~ In search of truth

आज साँझबाट मौसममा सुधार हुँदै जाने

पोखरा,
ताण्डव न्यूज ।

पश्चिमीवायुको प्रभावले सामान्य बदली रहीअधिकांश स्थानमा वर्षा भएकोमा आज साँझबाट भने मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका केही ठाउँबाट सुरु भएको सामान्य बदलीको अवस्था पूर्वी नेपालमा पुगिसकेको छ ।

हिमाली भूभागमा हिमपात भइरहेको छ भने कतिपय स्थानमा सामान्य वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ । मौसमविद् निराजन सापकोटाले आज साँझबाट मौसममा विस्तारै सुधार हुने बताए । प्रदेश १ का धेरै स्थानहरू तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा दिनभरमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। देशकाउच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन्।

Batas

आज बिहान देशभर आंशिकदेखि सामान्यबदली रहेको छ । हिउँद सुरु भएको ३ महिनापछि हिमपात र वर्षा भएपछि भने किसानहरू खुसी भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.