www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि दोस्रो चरणको खोप सुरु हुँदै, ३ लाख नागरिकलाई लगाउने लक्ष्य

काठमाडौँ,
ताण्डव न्यूज ।

सरकारले आजदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ गतेबाट विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने योजना अनुसार आजदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियान अन्तर्गत सञ्चारकर्मी, यातायात क्षेत्रका कर्मचारी, बैंकका कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइने बताए ।

Batas

उनले देशभर तोकिएका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउन सकिने भन्दै सरकारी कार्यालयबाट परिचपय खुल्ने र सम्बन्धीत कार्यालयको आधिकारिक प्रमाणपत्र सहित खोप केन्द्रमा गएर खोप लगाउन सकिने प्रस्ट पारे । डा।गौतमले लक्षित वर्ग थपिदै जाने र सोही अनुसार खोप लगाउँदै जाने पनि उल्लेख गर्दै दोस्रो चरण खोप अभियानमा झन्डै ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिए ।

सरकारले सुरु गरेको पहिलो चरणको खोप अभियान अन्तर्गत कोरोना विरुद्धको लडाईमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई गरि झन्डै एक लाख ८६ हजारभन्दा बढीले खोप लगाएका थिए । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान एक सातासम्म चल्ने छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.