काठमाडौँ,
ताण्डव न्यूज ।
बलात्कार पछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टका बलात्कारी र हत्यारा पक्राउ गरेरै छाड्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
बैतडी जिल्ला दोगडा केदार गाउँपालिका वडा न. ७ चडेपानीका कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टका बलात्कारी र हत्यारामाथि कारवाहीको माग गर्दै पुगेका नेविसंघका विद्यार्थीहरुसामु गृहमन्त्रीले यस्तो बताएका हुन् ।

मंगलबार बिहान नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरु गृहमन्त्री थापा समक्ष पुगेका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्री थापाले भागरथीका हत्याराको दोषी नजिक सरकार पुगिसकेको दावी गरे । गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेकाले दोषी नजिक पुगेको दाबी गरेका हुन् ।
अध्यक्ष राजिब ढुङ्गानाको नेतृत्वमा गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा पुगेर नेविसंघले ज्ञापन पत्र बुझाएको हो ।उक्त घटनाको अनुसन्धानका लागि बैतडीमा डीआईजीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.