www.tandavnews.com
Fact ~ In search of truth

अटो चालकलाई अपहरण गरी लुटपाट गर्ने चार जना पक्राउ

दाङ,
ताण्डव न्यूज ।

तुलसीपुरमा अटो चालकलाई अपहरण गरी लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

अटो चालक तेजबहादुर नेपालीलाई अपहरण गरेर लुटपाट गरेको आरोपमा प्रहरीले तुलसीपुर–१२ का २० वर्षका सुमन नेपाली, तुलसीपुर–८ का २० वर्षिय रोहित बिक, तुलसीपुर–६ का १८ वर्षिय सरोज नेपाली र सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का १८ वर्षिय दिनेश डाँगीलाई पक्राउ गरेको हो ।

Batas

पक्राउ परेका उनीहरुले गत पुस ११ गते राती पौने १० बजे तुलसीपुर–५ बसर्पाकमा कोठामा जाने क्रममा रा १ ह २५४६ नम्बरका अटो चालक नेपालीलाई खुकुरी देखाई मार्ने धम्किी दिएर अपहरण गरी तुलसीपुर–१२ महेन्द्र स्कुल पछाडी लगेर कुटपिट गरेर लुटपाट गरको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

अटो चालक नेपालीबाट पक्राउ परेका चार जनाले नगद, मोबाईल , ज्याकेट लगेको प्रमुख सिंहले बताए । पिडित नेपालीले गत माघ १५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको आधारमा प्रहरीले यही माघ २६ गते साँझ ५ बजेको समयमा आरोपीत चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.