www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार उमा आलेलाई मातृशोक, प्रेस संगठनद्वारा दुःख व्यक्त

पोखरा,
ताण्डव न्यूज ।

क्रियाशिल पत्रकार उमा आले मगरलाई मातृ शोक परेको छ ।

पत्रकार आलेकी आमा शोभा आलेमगरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी जण्डीसबाट ग्रसित रहेकी थिईन् । पोखरा महानगरपालिका वडा नं १५ निवासी स्वर्गीय आलेका श्रीमान्, २ छोरी र १ छोरा छन् ।

Batas

यसैबीच पत्रकार आलेमगरलाई परेको मातृशोकप्रति प्रेस संगठन नेपाल कास्कीले शोक व्यक्त गरेको छ । संगठनका संयोजक माधव बरालले विज्ञप्ति जारी गर्दै पत्रकार आलेमगरलाई परेको शोकको घडीमा संगठन मर्माहत भएको उल्लेख गरेका छन् । ‘यस दुखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ’ विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा उमा आले मगर सहित समस्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.