www.tandavnews.com
Fact ~ In search of truth

पोखराःबुलौदी र हेम्जामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पोखरा,

ताण्डव न्यूज । 

पोखरामा दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पोखराको दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

दुर्घटनामा परी स्याङजा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ बर्षिय विवेक क्षेत्री र स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई हाल पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

१९ वर्षीय विवेक सवार ग १३ प ३९२५ नम्बरको मोटरसाईकल पोखरा ७ बुलौदीमा दुघटनामा पर्दा घाईते भएका थिए उनलाई गण्डकी मेडिकल कलेज उपचारका लागि पुर्याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी सुवास हमालले बताए ।

मोटरसाईकल पोखराको लेकसाइडबाट जिरो किलोमिटर तर्फ आईरहेको थियो । गएराती एक बजे भएको सो दुर्घटनामा मोटरसाइकल चालक स्याङजा मट्टिखानकै २५ वर्षीय दिवस गुरुङ भने घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ । उनको अवस्था गम्भिर रहेको छ ।

यस्तै अर्का मृतक श्रीकृष्ण सवार ग १७ प ९१६२ नम्बरको स्कुटरलाई बागलुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले पोखरा २५ हेम्जामा ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्याक्सी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी हमालले बताए

२४ फेब्रुअरी २०२१ मा रेयर डिजिज डेको अवसर पारेर विजेता घोषणा गरिने प्रतियोगितामा काजीलाई यो लिङ्कमा गएर भोट गर्न सकिन्छ :

खिम लामिछानेलाई भोट गर्न यहाँ क्लिक गरेर दोस्रोमा भएको IO Can मा क्लिक गरेर सब्मिट गर्नुहोला ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.