www.tandavnews.com
Fact ~ In search of truth

माधव नेपालले तीन वर्षमा एकदिन पनि सहयोग गर्नुभएन : नेता अधिकारी

पोखरा ।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) अाेली समूहका केन्द्रिय सदस्य एवम् गण्डकी कमिटीका सह इन्चार्ज खगराज अधिकारीले सरकारलाई माधब नेपालले ३ बर्षको अवधिमा एकदिन पनि समर्थन नगरेको बताएका छन्। अधिकारिले सरकार बनेको दिनदेखि नै अनेकन षड्यन्त्र गर्दै सरकार र पार्टीमा बिग्रह ल्याउन प्रचण्ड र माधब नेपाल लागि परेको बताए।

नेकपा ओली समूहले यहि फागुन १५ गते पोखरामा आयोजना गन लागेको जनसभाको जनपरिचालन कमिटि कास्कीको बैठकमा बोल्दै अधिकारीले आमसभा ऐतिहासिक हुने बताएका छन् ।

Batas

पुर्ब स्वास्थ्य मन्त्री समेत रहेका नेता अधिकारिले कम्युनिष्ट आन्दोलनको उर्वर भूमी गण्डकीमा जनताले कुनै पनि अवसरवादीहरुलाई प्रवेश नदिने गरी जनताले तयारी गरेको जनाए । कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट उचाईमा पुर्याउनु पर्ने भन्दै उनले आमसभाको तयारीमा लाग्न आग्रह गरे।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.