www.tandavnews.com
Fact ~ In search of truth

तेस्रो डायमण्ड रनिङ सिल्ड शुरु

लेखनाथ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा तेस्रो डायमण्ड रनिङ सिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

कोरोना महामारी कम भएर विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि वढाउने उदेस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधव शरण उपाध्यायले बताएका छन् ।

Batas

पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष चेत बहादुर गुरुङ्गले विद्यालयका खेलकुद शिक्षक विनोद थापालाई बल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बोल्दै, विद्यालयका संस्थापक प्रिन्सिपल यम बहादुर रोका, व्यवस्थापक प्रमुख हरि प्रसाद लामिछाने, शैक्षिक विभाग प्रमुख संजिब थापा लगायतले खेलाडी विद्यार्थीहरुलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिएका थिए ।

विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटनको दिन फुटबल, क्रिकेट खेल खेलाइएको थियो ।खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबल टेनिस लगायतका खेल सिनियर समूहमा खेलाईने वताइएको छ । भने जुनियर समूहमा अर्काे चरणमा खेलकुद प्रतियोगिता गर्ने विद्यालयमा अत्तिरिक्त क्रियाकलाप प्रमुख विकाश लामिछानेले जानकारी दिएका छन् ।

खेलकुद प्रतियोगिता यहि फागुन २८ गते सम्म सञ्चालन हुने छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.