www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी : पर्वतीय खेलकूद महोत्सव स्थगित

काठमाडौँ ।

फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने भनिएको आठौँ पर्वतीय खेलकूद महोत्सव स्थगित गरिएको छ । आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेशन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो । उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्चालन गर्ने तालिका तय भएको थियो । “प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

फेडेरेशनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ । उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ ।

Batas

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.