www.tandavnews.com
Fact ~ In search of truth

रूसमा पहिलो पटक मानिसमा बर्ड फ्लूको सङ्क्रमण देखियो, के भन्छन विज्ञहरु ?

एजेन्सी ।

रूसमा पहिलो पटक मानिसमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । एच ५ एन ८ स्ट्रेन पंक्षिबाट मानिसमा सङ्क्रमणको पहिलो केस पत्ता लागेको हो ।

रूसी अधिकारीका अनुसार रूसको दक्षिणीभागमा रहेको एक पोल्ट्री फार्ममा काम गर्ने ७ जना कर्मचारीमा बर्ड फ्लूको एच ५ एन ८ भाइरसको सङ्क्रमण देखिएको छ । रूसमा गत वर्ष डिसेम्बरमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको थियो ।

Batas

उपभोक्ता स्वास्थ्यसँग सम्बन्धीत मामिला हेर्ने निकायका प्रमुख अन्ना पोपोवाले सङ्क्रमणलाई फैलिनबाट रोक्नका लागि तत्काल थप रणनीति अघि बढाइने बताए । उनले सबैलाई सावधान र सतर्क रहन पनि आग्रह गरे । उनले यस विषयमा विश्व स्वास्थ्य संगठनलाई जानकारी पठाइसकेको पनि बताए । उनले जो व्यक्तिहरुमा यो सङ्क्रमण देखिएको छ उनीहरुले आफूलाई आइसोलेट गरेको जानकारी दिँदै भविष्यमा यसबाट जोगिनका लागि हामी थप तयारीमा रहेको पनि उल्लेख गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.