www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : फागुन १७ देखि ‘ईन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग’

अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज ।

पोखरामा आगामी फागुन १७ देखि २६ गते सम्म ‘सुपर जनरल ईन्टर क्बल टी–ट्वान्टी क्रिकेट लिग २०२१’ हुने भएको छ । के.एन. स्पोर्टस् प्रालि को आयोजनामा ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ भन्ने नारा सहित पोखरा रङ्गशाला क्रिकेट मैदानमा उक्त लिग सञ्चालन हने भएको हो ।

पोखरामा आज (सोमबार) आयोजित पत्रकार सम्मेलन मार्फत उक्त लिगमा देशभरका कुल ८ टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक कमल थापाले बताए । उनका अनुसार उक्त लिग च्याम्पियनले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडल तथा प्रमाणपत्रको हकदार बन्नेछ ।

Batas

संयोजक थापाले विधागत रुपमा सर्बाेत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्सम्यानलाई आर्कषक पुरस्कार प्रदान गरिने बताए । त्यस्तै प्रत्येक खेलबाट एक खेलाडीलाई म्यान अफ द म्याच घोषित गर्ने समेत आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा चितवल क्रिकेट टिम, सुपर जनरल पोखरा –११, प्यालिगन्स तनहुँ, बाग्लुङ क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाण्डौं, मिक्समाण्डु क्बल काठमाण्डौं र स्टन एकेडेमी चितवन गरि कुल ८ टिमले प्रतिस्पर्धा गर्नेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.