www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीका अग्निपीडित शेरचनलाई २५ लाख सहयोग

गलेश्वर ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ जुग्जाका अग्निपीडित चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बेलायतमा कार्यरतÞ रेशम शेरचनको संयोजकत्वमा बेलायत, कोरिया, जापान, अमेरिका र अस्ट्रेलियामा कार्यरत नेपालीबाट सङ्कलन गरिएको २५ लाखमध्ये ६ लाख ५० हजारमा किनेको नयाँ घरसहित बाँकी रकम गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरमार्फत पीडित शेरचन र उनका आफन्तलाई हस्तान्तरण गरिएको छ ।

२५ लाखमध्ये ६ लाख ५० हजारमा घर खरीद गरिएको छ भने चर्पीलगायत अन्य व्यवस्थापनमा पाँच लाख ५० हजार खर्च भएको आर्थिक सहयोग सङ्कलनका संयोजक शेरचनले जाकारी दिए । बाँकी १३ लाख रुपैयाँ पीडितका आफन्त गोविन्द शेरचनको अध्यक्षतामा सात सदस्यीय अक्षयकोष समिति गठन गरी गरिमा विकास बैंकमा चेतनारायण भरण पोषण कोष स्थापना गरी जम्मा गरिदिएको शेरचनले बताए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका मगरले आगलागीबाट बिचल्लीमा पर्नुभएका शेरचन दम्पतीलाई प्रवासीले आर्थिक सहयोग गरी पीडितको घाउमा मलम लगाउने काम गरेको बताए । गत मङ्सिर ६ गते घरमा अचानक आगलागी हुँदा पीडित शेरचनको घरभित्र रहेको धनमाल जलेर नष्ट भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.