www.tandavnews.com
Fact ~ In search of truth

स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक छ : थापा

मकवानपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक रहेको बताएका छन् । आज हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा आयोजित कार्यकर्ता भेलामा उहाँले सर्वोच्च अदालतबाट आउने फैसलालाई सत्तारूढ दल, नेपाली कांग्रेस र अन्य दलहरूले सर्वमान्यरुपमा स्वीकार गर्नुपर्ने बताए ।

उनले स्वाधीनता, सबल तथा समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब सबै राजनीतिक दल उदार एवम् नयाँ ढङ्गले अघि बढ्नुपर्ने र निषेधकोे राजनीति परित्याग गरी पूर्व राजादेखि विप्लवसम्म अट्नसक्ने संसदीय व्यवस्था आवश्यक रहेको बताए ।

Batas

अध्यक्ष थापाले ‘राष्ट्रमा गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता विदेशीको कार्यसूची भएको विचार राख्दै सो विषयमा नेपालीहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ’ भने । उनले अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्यान्डेट नभएको बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले नेपाली जनताको गरिबी उन्मूलन गर्ने विकासको पूर्वाधारलाई आत्मनिर्भर बनाउने अभियानलाई गतिशील तुल्याउनका लागि प्रदेश सरकारको भूमिका सकारात्मक हुनुपर्ने सुझाव दिए ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.