www.tandavnews.com
Fact ~ In search of truth

सरकारले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सच्यायो, मृत्यु सङ्ख्या २६ सय ८४

कठमाण्डौ
ताण्डव न्यूज ।

सरकारले कोरोना भाइरस कोभिड १९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सच्याएको छ । मृत्यु हुनेको सङ्ख्यामा बुधबार एकै दिन ६ सय १८ जना थप गरिएको छ ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा भन्दा थप ६ सय १८ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्याङ्क लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ६ ८४ पुगेको छ । बुधबार भने कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको छ ।

Batas

यसैबीच, मन्त्रालयका अनुसार हालसम्म ४ लाख २९ हजार ७ सय ५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । पहिलो चरणको खोप अभियान माघ १४ गते सुरु भएको थियो । दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.