www.tandavnews.com
Fact ~ In search of truth

सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरपालिकालाई सर्वोच्चको आदेश

पोखरा।
सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ । महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि सिंहदरबारको फोहोर ब्यवस्थापन हुन सकेको थिएन ।

त्यस विरुद्ध अधिवक्ता पदम बहादुर श्रेष्ठले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चले फोहोर मैला ब्यवस्थापनको दायित्व स्थानिय तहको हुने कानूनी ब्यवस्था रहेको समेत प्रष्ट पारेको छ । ‘फोहोर मैला ब्यवस्थापन ऐन, २०६८ को दफ ३(१), ३(२) र दफा ४ ले फोहोरमैलाको प्रबन्ध गर्ने संकलन गर्ने, अन्तिम विसर्जन गर्न, ब्यवस्थापन गर्न गराउने दायित्व स्थानिय तहको हुनेछ भन्ने स्पष्ट कानूनी ब्यवस्था गरेको देखिन्छ ’ आदेशमा भनिएको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.