www.tandavnews.com
Fact ~ In search of truth

संगीत प्रशिक्षण केन्द्रले भट्टाचार्य र न्यौपानेलाई पुरस्कार दिने

पोखरा।
संगीत प्रशिक्षण केन्द्र पोखराले ललितकुमार हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट गायिक नुपुर भट्टाचार्य र अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट लोकगायक पुरुषोत्तम न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित समितिले यस वर्षको पुरस्कारका लागि ५ दशकदेखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील बालगीत, भजन, लोकगीत साथै सगुम संगीतको क्षेत्रमा योगदान दिएकी सुप्रसिद्ध गायिका नुपुर भट्टचार्यलाई सिफारिस गरेको हो । पुरस्कारको राशी नगद ५० हजार र सम्मानपत्र रहेको छ ।

शास्त्रीय गायन र तबला वादनका प्रशिक्षक ललितकुमार बाटाजूले आफ्नै जीवनकालमा आफू र धर्मपत्नी हेलकुमारी बाटाजूको नाममा संगीत पुरस्कारका लागि अक्षकोष स्थापना गरेका थिए । उनीहरूको निधन पश्चात् छोराहरूले अक्षयकोषमा रकम थपी ३ लाख पु¥याएका थिए । प्रत्येक तिन तिन वर्षमा नेपाली संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिने स्रष्टालाई केन्द्रले पुरस्कार प्रदान गर्दै आएको छ ।

Batas

वि.सं. २०६४ सालमा स्थापित ललितकुमार हेलकुमारी पुरस्कारबाट वरिष्ठ तवलावादक चन्द्रबहादुर बाटाजू, भैरव सांस्कृतिक संरक्षण समिति, मृदङ्गा वादक कृष्णबहादुर वैद्य, संगीतकार कृष्णबहादुर श्रेष्ठ, गायक विनोद बानियाँ सम्मानित भइसकेका छन् ।

अजुर्न नेपाली स्मृति संगीत पुरस्कारका लागि केन्द्रका सल्लाकार तथा संगीतकार कृष्णबहादुर श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोकगायक पुरुषोत्तम न्यौपानेलाई पुरस्कारका लागि सिफारिस गरेको हो । न्यौपानेले विगत ३ दशकदेखि नेपाली लोकगीत र संगीतको क्षेत्रमा क्रियाशील भई योगदान दिएका छन् । उक्त पुरस्कारको राशी नगद १० हजार र सम्मान पत्र रहेको छ ।

वि.सं. २०४६ सालमा स्थापित संगीत प्रशिक्षण केन्द्रका संस्थापक तथा संगीत प्रशिक्षक अर्जुन नेपालीले भायोलिन र अन्य संगीत सम्बन्धी प्रशिक्षण निःशुल्क गराउँदै नेपाली संगीतको क्षेत्रमा दीर्घकालीन योगदान दिएका थिए । संगीत प्रशिक्षण केन्द्रको विशेष पहल र परिवारको सहयोगमा २ लाखको अक्षकोष स्थापना गरी प्रत्येक दुई दुई वर्षमा नेपाली संगीतको उत्थानमा योगदान दिने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ ।

२०६२ सालमा स्थापित अर्जुन नेपाली स्मृति संगीत पुरस्कारबाट हालसम्म वरिष्ठ लोक गायिका विमा कुमारी दुरा, हिमाली साँस्कृतिक परिवार, वरिष्ठ लोक गायक प्रजापति पराजुली, संगीतकार विवि अनुरागी, गायक विवेक श्रेष्ठ, संगीतकार राजकुमार श्रेष्ठ, गायक खड्ग गर्वुजा र गायिका अनुदा थाप पुरस्कृत भइसेकेका छन् ।

दुवै पुरस्कार संगीत प्रशिक्षण केन्द्रले संयुक्त रूपमा यही असोज १० गते शनिबार भट्टाचार्य र न्यौपानेलाई अर्पण गर्ने जानकारी केन्द्रका अध्यक्ष गौतम विजुक्छेले दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.